फेरि आईतबारसम्मका लागि सर्यो कांग्रेस बैठक

तु खबर संवाददाता
२०७६ श्रावण २३, बिहीबार ०८:३१
file-photo

बुधवारको लागि डाकिएको नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

अन्तरिम संरचना गठन गर्न आवश्यक निर्देशिकाबारे शीर्ष नेताबीच थप छलफल गर्नुपर्ने भएकाले बैठक आईतबारसम्मको लागि स्थगित भएको आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यही साउन १७ गते बसेको बैठकले १३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिने निर्णय गरेको थियो । त्यसका लागि आवश्यक निर्देशिका केन्द्रीय बैठकमा पेश गरी पारित गर्ने बताइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*