मकवानपुरगढीमा तरुण दलले गर्यो वृक्षारोपण
मकवानपुर २२ साउन । मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ रानीबास डाँडामा रहेको कृषि पर्यटन पार्कमा तरुण दलले वृक्षारोपण गरेको छ ।
तरुण दल गढी गाउँपालिकाको आयोजनामा आँप, कपुर, मरिच, तेजपत्ता, लालीगुँरास, गुलमोहर, चाँप, कागती, अम्रिसोलगायत ६ सय भन्दाबढी बोटविरुवा रोपिएको हो ।
वृक्षरोपण कार्यक्रममा गढी गाउँपालिका वडा नम्वर १ का अध्यक्ष आइत सिंह लो, काँग्रेस जिल्ला सदस्य अर्जुन दाहाल, तरुण दल गढीका संयोजक सानुकान्छा थिङलयागतको सहभागीता रहेको थियो ।
