नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित
काठमाडौं २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशित भएको छ । पार्टीको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिअनुसार असार अन्तिम साता राजनीतिक प्रतिवेदन प्रकाशित गर्न प्रेसमा पठाइएको थियो ।
प्रेसबाट पनि अहिले पार्टी कार्यालय धुम्बाराहिमा राजनीतिक प्रतिवेदन पुगेका छन् । कार्यालय मुख्यसचिव कृष्णगोपाल श्रेष्ठका अनुसार प्रकाशित भएको प्रतिवेदनको वितरण पनि सुरु गरिएको छ ।
पहिलो लटमा ३ हजार प्रतिवेदन छापिएका थिए । त्यसयता सबै गरेर २० हजारप्रति राजनीतिक प्रतिवेदन प्रकाशित भएको मुख्यसचिव श्रेष्ठ जानकारी दिए ।
पार्टी एकताको १४ महिनापछि राजनीतिक प्रतिवेदन प्रकाशित भएको हो । प्रतिवेदन प्रकाशित हुन नसक्दा तत्कालीन एमाले र माओवादीका नेताहरु आ–अफ्नो अनुकूल वैचारिक बहसमा उत्रिएका थिए । अहिले प्रतिवेदन प्रकाशित भएसँगै नेकपामा बैचारिक बहसलाई पनि तत्काल स्थगित गरिएको छ ।
