वर्तमान सरकार तानाशाह हिटलरको पथमा हिँडे : सभापति देउवा

तु खबर संवाददाता
२०७६ श्रावण २१, मंगलवार १७:४५
file photo

मकवानपुर २१ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार तानाशाह हिटलरको पथमा हिँडेको आरोप लगाएका छन् ।

हिटलरले कानुनी प्रक्रिया अपनाएर तानाशाह लादेको उल्लेख गर्दै वर्तमान सरकारले त्यही बाटो अपनाएको उनले बताए ।

मंगलबार नेपाल पत्रकार महासंघ कास्कीले अयोजना गरेको प्रेस स्वतन्त्रता सेनानी स्व. दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

‘हिटलरले पनि कानून अनुसार नै सबै कब्जा गरेको हो,’ उनले भने, ‘सरकारले त्यस्तै शैली अपनाएको छ, त्यो पुरा हुन दिदैनौं ।’

उनले कांग्रेस कडा प्रतिपक्ष भए पनि रेलिङ भाच्ने र कुर्सी फाल्नेजस्तो व्यवहार नदेखाउने बताए । देउवाले संसदबाटै धेरै कुराको हल गर्ने प्रयास गर्ने उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*