नेकपा र काँग्रेसका केही नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

तु खबर संवाददाता
२०७६ श्रावण २१, मंगलवार १६:०९

काठमाडौँ २१ साउन । नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका केही नेता तथा कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मङ्गलबार समाजवादी पार्टीको केन्द्रीय कार्यालय वालकुमारीमा आयोजित एक कार्यक्रमबीच नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका केही नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।

काँग्रेसको गृहजिल्ला डडेल्धुराका सक्रिय नेता लक्ष्मण सिंहको नेतृत्वमा नेता कार्यकर्ता काँग्रेस परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्ष भट्टराई र यादवले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न निर्देशन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*