नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै
काठमाडौं १३ साउन । टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिताजनाएर नेपाली क्रिकेट टिम आज (सोमबार) स्वदेश फर्किंने भएका छन् ।
विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली क्रिकेट टिम आज (सोमबार) मलेसियन एयरलाइन्सबाट स्वदेश फर्कन लागेको हो । नेपाली क्रिकेट टिम आज राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कने तयारी रहेको छ ।
आफ्नो अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो । प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्यो ।
