नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ थाल्यो
कहाठमाडौं ७ साउन । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ थालेको छ ।
नेपाली समयअनुसार कतार र नेपालबीचको खेल ७ बजेर १५ मिनेटमा सुरु हुने निर्धारित समय भए पनि खराब पिचको कारण केही ढिलोगरी सुरु भएको थियो । खेलमा नेपालले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिले कतारले बलिङ गरिरहेको छ ।
सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा सुरु खेलमा नेपाल स्पष्ट जित हात पार्न चाहन्छ ।
पाँच देशको सहभागिता रहेको प्रतियोगिताको विजेता विश्वकपको ग्लोवल छनोटमा प्रवेश गर्नेछ ।
