प्रदेश–३ को खेलकुद विकास परिषद्का सदस्य–सचिवद्वारा शपथ ग्रहण
मकवानपुर २४ असार । प्रदेश खेलकुद विकास परिषद्मा नियुक्त सदस्य सचिव सूर्यलाल भण्डारीसहित ६ जनाले शपथ ग्रहण गरेका छन् ।
मंगलबार आज सदस्य–सचिव भण्डारी, सदस्यहरु माधव तिमिल्सिना, कल्पना शर्मा राउत, उत्तम गुरुङ, विकास तामाङ र ममिता श्रेष्ठले शपथ ग्रहण गरेका हुन् ।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयका मन्त्री युवराज दुलाल, प्रदेश नीति तया योजना आयोगकी सदस्य यमुना कँडेलले शपथ ग्रहण गराईएका थिए ।
उनीहरुलाई गत असार ९ गते गठन प्रदेश खेलकुद विकास परिषद्मा सदस्य सचिव र सदस्यहरुमा नियुक्त गरिएको थियो ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीको आतिथ्यतामा भएको थियो ।
