बिहानैबाट मन्त्रीपरिषद्को बैठक जारी, बैठकको बीचमै बाहिरिए उद्योगमन्त्री यादव
काठमाडौं २४ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो ।
आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।
सोमबार बसेको मन्त्रीपरिद्ष बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव बीचमै बाहिरिएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् ।
मन्त्री यादव संसदमा जवाफ दिनुपर्ने भएकाले त्यसको तयारीका लागि बाहिरिएको उनका छोरा रविकिरण यादवले बताए ।
