प्रदेशसभाको कामले विदेश भ्रमण जाने सांसदलाई प्रदेश–३ ले खर्च दिने
मकवानपुर, २३ असार । प्रदेश–३ को प्रदेशसभाले विदेश भ्रमणमा जाने सांसदलाई खर्च दिन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेश नम्बर ३ प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बजेट विनियोजन भए पनि अहिलेसम्म प्रयोगमा नल्याएको जानकारी दिए ।
‘व्यक्तिगत प्रयोजनका लागि विदेश जाने सांसदलाई खर्च दिँदैनौं,’ सभामुख श्रेष्ठले भने, ‘संसदको अनुमति लिएर संसदीय अभ्यास अध्ययन गर्न, विदेशका सरकारले निम्ता पठाएको कार्यक्रममा जानुपरे जहाज भाडा तिर्न खर्च दिन लागिएको हो।’
उनले भने ‘हामीकहाँ प्रदेशसभा नयाँ छ। विदेशमा कस्तो अभ्यास रहेछ ? कसरी काम गर्दा रहेछन् भन्ने अध्ययन गर्न कोही माननीय जानुभयो भने खर्च दिने हो ।’
