मुख्यमन्त्री पौडेल स्वदेश फिर्ता
मकवानपुर २३ असार । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा चीनतर्फ गएको ७ सदस्यीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किएका छन् ।
मुख्यमन्त्री पौडेल आज (सोमबार) विहान ९ : ४० बजेको समयमा स्वदेश फर्किएको मुख्यमन्त्री तथा मन्त्री परिसदको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री पौडेललाई चीनको गान्चु प्रान्तको गर्भनर ताङ् रेन्जियनको निमन्त्रणामा गत असार १७ गते चीनको लान्झाउ सहरमा आयोजित विषेश कार्यक्रममा सहभागि हुन त्यसतर्फ प्रथान गरेका थिए ।
मुख्यमन्त्री पौडेलले गान्चु प्रान्तका गर्भनरसंग र अन्य महत्वपूर्ण उद्योगपति व्यापारीहरुसंग भेटवार्ता गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीको साथमा उनको धर्मपत्नी विजया पौडेल, प्रदेशसभामा नेपाली काँग्रेसका संसदीय दलका मुख्य सचेत राधा घले, सक्तारुढ नेकपाका प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, कन्चन खनाल, मुख्यमन्त्री परिसद् कार्यालयका उपसचिव भोला दाहाल र मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलसहितको प्रतिनिधिमण्डल चीनतर्फ प्रस्थान गर्नुभएको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका लेखा प्रमुख देविप्रसाद गौतमले जानकारी दिए ।
