सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल विजयी
काठमाडौं, २० असार । यु १९ एसिया कप छनोट क्रिकेटमा नेपाल विजयी भएका छन् । सिंगापुरलाई २ सय १७ रनले पराजित गर्दै नेपाल विजयी भएका हुन् ।
नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो ।
पूर्वी क्षेत्रीय छनोटको खेलमा नेपालका लागि कुशल मल्लले चार विकेट लिए । यस्तै तिलक राज भण्डारीले दुई साथै सागर ढकाल र रसिद खानले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ३ सय २६ रन बनाएको थियो ।
समूह बी मा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् । प्रतियोगिताको विजेताले अगस्ट २८ देखि श्रीलंकामा हुने यु १९ एसिया कप खेल्न पाउने छ ।
