ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश
घरेलु टोली ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।
खेलको १९ औं मिनेटमा ब्राजिलका लागि जेसुसले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनोलाई दिएको पासमा जेसुसले गोल गरेका थिए ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा रेफ्रीले ७ पहेंलो कार्ड देखाएका थिए । थप समयमा गोल हुन नसकेपछि ब्राजिल फाइनल प्रवेश गरेको हुन् ।
ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।
