जुम्लाबाट विप्लवका जिल्ला इञ्चार्ज पक्राउ
जुम्ला ३० जेठ । जुम्लाबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जुम्लाका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण) रहेका छन् ।
तिरुवालाई गएराति सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला छापा मारेर पक्राउ गरिएकोे प्रहरीले जनाएको छ ।
पक्राउ परेका तिरूवालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
