राधे भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने तरुण दलको चेतावनी
काठमाडौं २५ जेठ । तरुण दलले केहीदिन अघि पक्राउ गरेका धादिङ जिल्लाका उपाध्यक्ष समेत रहेका राधाकृष्ण (राधे) भण्डारीलाई रिहा गर्न माग गरेको छ ।
शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी तरुण दलले भण्डारीलाई बिनाकसुर पक्राउ गरेको भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेको हो ।
किटानी जाहेरी दिएको भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको तरुण दलको आरोप छ ।
तरुण दलले भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
भण्डारीविरुद्ध किटानी जाहेरी दिएको भनिएका घाइते जनक मगरले पनि आफूले घटना भएको स्थानमा देख्दै नदेखेको र चिन्दै नचिनेको व्यक्ति विरुद्ध जबरजस्त रुपमा प्रहरीले किटानी जाहेरी लेखेर आफूलाई हस्ताक्षर गर्न लगाएको दाबी गरे ।
यही जेठ २२ गते धादिङको रोराङ गाउँपालिकामा स्थानीय बासिन्दाबीच भएको विवादमा भण्डारी पनि संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
