राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा आजबाट शुरु
मुस्ताङ २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोस्रो चरणको स्वाभिमान यात्रा आजबाट सुरु भएको छ ।
मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि शुभारम्भ गरि राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा सुरु भएको हो ।
अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,नेताहरु भिमप्रसाद गौचन, तोरण गुरुङ , हेमजङ्ग गुरुङ, सुशील श्रेष्ठ, भुवन पाठक लगायत नेताहरु सहभागी थिए ।
