नेकपा प्रदेश ३ का इन्चार्ज शाक्यद्वारा जिल्ला सदस्यलाई सफथ ग्रहण
मकवानपुर ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको जिल्ला कमिटीमा छनौट गरिएका १ सय ४५ जना सदस्यहरुले सफथ ग्रहण गरेका छन् । बुधबार (आज) नेकपा प्रदेश नम्बर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला सदस्यहरुलाई सफथ ग्रहण गराएकी हुन् ।
कार्यक्रममा इन्चार्ज शाक्य, नेकपाका पोलिट्ब्युरो सदस्य केदार प्रसाद न्यौपाने, नेकपाका प्रदेश ३ का अध्यक्ष नारायण प्रसाद दाहाल, प्रदेश सचिब आनन्द प्रसाद पोख्रेल, नेकपाका केन्द्रीय सदस्य तथा संघिय सांसद बिरोध खतिवडा, नेकपाका केन्द्रीय सदस्यहरु लगायत नेकपाका प्रदेश कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो ।
