११ औं गणतन्त्र दिवस मनाउन हेटौँडामा ४ सय ११ सदस्य मुलसमारोह समिति गठन

तु खबर संवाददाता
२०७६ जेष्ठ ८, बुधबार १३:०७
file photo

मकवानपुर ८ जेठ । प्रदेश नं. ३ सरकारले ११ औं गणतन्त्र दिवस मनाउन आज (बुधबार) हेटौँडामा ४ सय ११ सदस्य मुलसमारोह समिति गठन गरिएको छ ।

यही जेठ १४, १५ र १६ गते भव्य रुपमा गणतन्त्र दिवस मनाउन प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा ४ सय ११ सदस्य मुलसमारोह समिति गठन गरिएको हो । उक्त समारोह समितिलाई सहयोग पुर्याउन पाँच उपसमिति पनि गठन गरिएको छ ।

पाँच उपसमितिहरुमा प्रचारप्रसार उपसमितिमा संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, अतिरिक्त क्रियाकलाप समन्वय उपसमितिमा संयोजकमा सामाजिक विकास मन्त्री युवराज दुलाल, झाँकी तथा र्याली उपसमितिको संयोजकमा जिल्ला समन्वय परिषदका प्रमुख रघुनाथ खुलाल, नगर सरसफाई उपसमितिको संयोजकमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मन्च सजावट उपसमितिको संयोजकमा मकवानपुरका प्रजिअ आश्मान तामाङ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*