बन्दुकको त्रास नदेखाउन विप्लवलाई नेता नेपाललको आग्रह
दाङ ६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका छन् ।
सोमबार (आज) दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले विप्लवलाई बन्दुकको भरमा चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई नभएको बताउँदै राज्यलाई कमजोर नठान्न चेतावनी दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे ।
वरिष्ठ नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए नेकपाका महासचिव विष्णु पौडेललगायत सबैलाई कारबाही हुनुपर्ने बताए ।
