ओलीले बोलेको ‘निम्छरो’ शब्द संसदको रेकर्डबाट हट्यो

तु खबर संवाददाता
२०७६ बैशाख २७, शुक्रबार ११:३६

काठमाडौं । सभामुख कृष्णबहादुर महराले वैशाख २० गते संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको ‘निम्छरो’ शब्द हटाउन निर्देशन दिएका छन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार सभामुख महराले प्रतिनिधि सभाको शुक्रवारको बैठकको शुरूमै असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन् । सभामुखको निर्देशनप्रति कांग्रेस सांसदले टेबल ठटाएर स्वागत गरेका थिए ।

त्यसलगत्तै नेकपाका खगराज अधिकारीले नियमापत्ति गर्दै सांसदहरूबाट प्रयोग भएका असंसदीय शब्द हटाउन माग गरे । महराले माननीय सदस्यको जिज्ञासाका क्रममा प्रयोग भएका सबै असंसदीय शब्द हटाउन निर्देशन दिएको बताए ।

यसअघि प्रधानमन्त्री ओलीले ‘निम्छरो’ प्रश्नको जवाफ नदिने भनेपछि कांग्रेसले संसदमा हंगामा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*