अर्को निर्वाचनमा काँग्रेसले जित्छ : डा. प्रकाशशरण महत
मकवानपुर, २४ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री डा. प्रकाश शरण महतले कम्युनिष्ट सरकारले कामभन्दा गफ बढी गरेको आरोप लगाएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारले गफमात्रै गर्ने गरेको बताए ।
उनले बढ्नुपर्ने कुरा घटेको बताउँदै घट्नुपर्ने कुरा बढेको बताए । रोजगारी, सुरक्षाजस्ता विषय बढ्नुपर्नेमा घटेको बताउँदै भ्रष्टाचार र बलात्कारजस्ता कुराहरु बढेकोमा चिन्ता व्यक्त गरे । स्वदेशी लगानी नबढेको स्मरण गराउँदै विदेशी लगानी घट्दै गएको स्मरण गरे ।
अर्को निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने उनको दावी थियो ।
भोलिदेखि नेपाली काँग्रेसले सुरु गर्ने राष्ट्रिय जागरण अभियानबारे पत्रकारहरुलाई जानकारी गराएका छन् । भोलि यो कार्यक्रम काँग्रेस पार्टी कार्यालयबाट सुरु हुने त्यस अवसरमा जानकारी दिइयो ।
हेर्नुहोस्, नेपाली काँग्रेसले तर्जुमा गरेको कार्यक्रम-

