राजपालाई एकतामा आउन यादवको आग्रह
काठमाडौं २३ वैशाख । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई एकतामा आउन आग्रह गरेका छन् ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टीको घोषणा कार्यक्रममा उनले राजपालाई पार्टी एकतामा आउन आग्रह गरेका हुन् ।
दुई पार्टीको एकता अगाडि पनि राजपालाई नेताहरुले एकताका लागि प्रस्ताव गरेका थिए ।
