नवौं राष्ट्रिय खेलकुदको आयोजना गण्डकी प्रदेशले गर्ने
बाँके ११ वैशाख । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मा गण्डकी प्रदेशलाई दिएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषदले बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मा गण्डकी प्रदेशलाई दिएको हो ।
गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी जिम्मा दिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।
