नेकपा थाहा नगर अध्यक्षमा बिनोद लामाको चर्चा

तु खबर संवाददाता
२०७५ भाद्र १४, बिहीबार २१:१३

मकवानपुर । थाहा नगरपालिकामा नेकपाको अध्यक्षमा बिनोद लामाको चर्चा चुलिएको छ । तत्कालिन माओवादीको थाहा नगर उपाध्यक्ष रहेका लामा कुशल नेतृत्वकर्ता मानिन्छन् । उनै लामालाई नेकपाको अध्यक्ष बनाउन आवश्यक गृहकार्य भइरहेको तत्कालिन माओवादी केन्द्र स्रोत बताउँछ ।
नेकपाको जिल्ला नेतृत्वको चयन बाँकी नै रहेको भएपनि अर्को प्रमुख नगरको रुपमा रहेको थाहा नगरमा पनि अध्यक्ष कसलाई र किन बनाउने भनी चर्चा चुलिएको छ । यसै क्रममा स्थानीय र प्रदेश निर्वाचनमा समेत सक्रियतापूवर्क नेतृत्व गरेका कारण लामालाई अध्यक्ष बनाउने गरी तयारी भइरहेको छ ।
थाहा नगरको नेतृत्वको तत्कालिन माओवादीले पाउने सहमति भइसकेको र योग्यलाई नेतृत्वमा लैजाने प्रयास स्वरुप लामालाई अघि बढाउने तयारी भइरहेको हो । नेकपाभित्र अरुण रायमाझीलाई अध्यक्ष बनाउने तिर पनि छलफल भइरहेको छ । तर, उनी जिल्ला स्तरमा रहेको र हालसम्म धेरैपटक अध्यक्षको रुपमा काम गरिसकेको कारणले लामालाई अवसर दिन पर्ने आवाज उठेको छ ।
२०४६ सालदेखि राजनीतिमा सक्रिय लामा थाहा नगरका शैक्षिक तथा सामाजिक विकासमा पनि चिनिएको नाम हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*