खानेपानी मन्त्रीको हस्ताक्षर किर्ते गर्ने दाहाल पक्राउ
काठमाडौँ । बर्तमान सरकारको खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नक्कली हस्ताक्षर गरी सिमकार्ड झिक्दै गर्दा दोलखा जिल्लाका सन्जीव दाहाल पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनी पत्रकारिता पेशामा आवद्ध रहेको अनुसन्धानबाट खुलेको छ । मन्त्री मगरको नागरिकता पेश गरी नक्कली हस्ताक्षर गरेर सिमकार्ड झिक्न लागेकै बेला उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको हो ।
