भुटानी प्रमुख सल्लाहकार छिरिङ काठमाडौंमा
काठमाडौँ । बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन् । उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
यस अघि म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलवारै काठमाडौँ आइसकेका छन् ।
