हेटौँडाबाट ३ वटा ट्याक्टर नियन्त्रण, १५ हजार जरिवाना

तु खबर संवाददाता
२०७५ भाद्र २, शनिबार ०७:३२
File Photo

हेटौँडा, ०२ भदौ । अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ३ वटा ट्याक्टरलाई मकवानपुर प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौँडा १५ रातोमाटेबाट ना ३ त ८०७, ना ५ त ५०४४ र ना ६ त ९३९१ नम्बरको ट्याक्टरहरुमा अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) लोड गरेको र नियमानुसारको कर छली गरी ओसार पोसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरमा पठाइएको थियो । समन्वय समितिको कार्यालयले हेटौँडा उपमहानगरपालिका कार्यालय पठाई प्रत्येकलाई ५ हजारको दरले जम्मा रु. १५ हजार जरीवाना गरी छाडिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*