पोल्याण्डमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ३१, बिहीबार १८:४७
File Photo

काठमाडौं,३१ साउन । वैदेशिक रोजगारमा पोल्याण्ड पठाईदिन्छु भनि रकम लिई ठगी गरेको अभियोगमा युक्रेनी नागरिक २६ बर्षीय BITALI BILYA र २३ वर्षीया NATALIIA MELNYCHUK लाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले काठमडौं पुतलीसडकमा “पिपुल वर्क ग्रुप” नामको कार्यालय संचालन गरी पोल्याण्डामा सजिलै रोजगारमा जान सकिने, मासिक ९० हजार देखि १ लाख रुपैयाँसम्म तलबको साथै अन्य सुबिधा समेत रहेको भनि प्रलोभन देखाई पीडितहरुलाई ७ लाख ५० हजार रुपैयाँ लाग्छ भन्दै प्रोसेसिङको लागि प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ देखि २ लाख रुपैयाँसम्म रकम संकलन गर्ने गरेको भन्ने पीडितहरुको निवेदनको आधारमा महानगरीय प्रहरी महाशाखाको प्रहरीले उनीहरुलाई उक्त कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुबाट विभिन्न कम्पनीका ल्यापटप १० थान, विभिन्न कम्पनीको मोबाईल ७ थान, राहदानी २ थान, विभिन्न छापहरु ३ थान, स्क्यानर १ थान, ल्यापटप चार्जरहरु र विभिन्न कागजपत्रहरु समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ दुबैजनालाई ठगी मुद्दामा थप अनुसन्धान एवं कारवाहीको लागि महाशाखाले बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*