मनहरीमा मोटरसाईकलले अटोलाई ठक्कर दियो

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार २०:१९
file photo

मकवानपुर, ३० साउन । पश्चिम मकवानपुरको मनहरी ८ सिमपानीमा आज सवारी दुर्घटना भएको छ । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको मोटरसाईकलले सोही दिशातर्फ जादै गरेको अटोलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।

ना २ ह २४४१ नम्बरको आटोलाई ना ५५ प २७९७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक पर्साका ६६ वर्षिय बिकास पण्डित घाईते भएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

घाईतेको मनहरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने दुबै सवारी साधन इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*