३ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १४:२७
File Photo

काठमाडौं,३० साउन । मुलुकका विभिन्न स्थानहरुमा ३ जना व्यक्तिहरु मृत अवस्थामा भेटिएका छन् । चन्द्रागिरी नगरपालिका-८ कन्चनबस्तीस्थित भुवन श्रेष्ठको च्याउ खेतीको टहरामा सोही नगरपालिका-१२ गुरुजुधारा घर भएकी ४३ वर्षीया अप्सरा सापकोटा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी नागार्जुन नगरपालिका-६ बाफल बस्ने बैतडी मेलौनी नगरपालिका-१ घर भएकी जानुका चन्दको ७ वर्षीय छोरा बिमल चन्द मंगलबार सोही ठाउँस्थित मनुमति खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् । ती बालक सोमबार देखि हराई बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा उक्त स्थानमा मृत फेला परेका हुन् ।

सप्तरीको रुपनी गाउँपालिका-२ बस्ने ४० वर्षीय राम उद्धार सदा सोही स्थानको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा मंगलबार फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*