नवलपुरमा एकाबिहानै प्रेसर कुकर बम भेटियो, सेनाद्वारा बम डिस्पोज
मकवानपुर २९ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित नवलपुरमा आज विहानै बम फेला परेको छ । बम कसले र किन राख्यो भन्नेबारे केहि खुल्न सकेको छैन् । यद्यपि अहिले नपाली सेनाको टोलीले बम डिस्पोज गरिसकेको छ ।
बिहानै सडक छेउमै प्रेसर कुकर बम भेटिएको भन्दै स्थानीयले सुचना दिएपछि प्रहरी टोली र सेनाले बम डिस्पोज गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
बम कस्ले राख्यो र किन राख्यो भन्ने बारे अनुसन्धान भईरहेको डिएसपी सिंले जानकारी दिए ।
