राप्ती बगरमा गाँजा बोक्नेको भागाभाग, एक जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २८, सोमबार १८:४३

मकवानपुर, २८ साउन । २४ घण्टा बित्न नपाउदै मकवानपुरको मनहरीबाट फेरि अबैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । हिजो बिहान ११३ केजी गाँजा नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै आज बिहान मनहरी गाउँपालिका वडा नम्बर ९ खराङ्गा राप्तीखोलाबाट ९० केजी गाँजा फेला परेको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।

राप्तीको बगरमा गाँजाको भारी बोकेर हिँडीरहेको अबस्थामा प्रहरीले अबैध लागुऔँषध गाँजा नियन्त्रणमा लिएको हो । पुर्व–पश्चिम राजमार्गको मुख्य सडक पार गरी राप्ती खोला पार गरी चुरे जंगलतर्फ लगीरहेको अबस्थामा प्रहरीलाई तस्करहरुले देखेपछि गाँजा तस्कर भागाभाग हुँदा गाँजाको भारी छोडी ६ जना फरार भएका थिए भने एक जना गाँजा सहति पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ५१ वर्षीय राजबहादुर वाईबा पक्राउ परेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

फरार अभियुक्तहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीको भनाइ रहेको छ । गाँजा राक्सिराङबाट निकासा भएको प्रहरीको प्ररम्भिक अनुसन्धनबाट खुलेको छ । पक्राउ परेका अभियुक्त तथा बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*