माओवादी केन्द्र मकवानपुरको बैठकमा रस्साकस्सी

तु खबर संवाददाता
२०७५ श्रावण २८, सोमबार १३:२१
File Photo

मकावानपुर २८ साउन । तत्कालिन माओवादी केन्द्र मकवानपुरको बैठक अहिले हेटौंडामा जारी छ । माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको केन्द्रिय निर्देशन अनुसार नेकपाको जिल्ला नेतृत्वको लागि नेकपाबाट कसको नाम कार्यदलमा पठाउने भन्ने विषयको टुंगो लगाउँन केन्द्रको बैठक बसेको हो ।

स्रोतका अनुसार माओवादी केन्द्रबाट सचिव र नेकपा एमालेबाट अध्यक्ष चयन हुनेगरी आन्तरीक छलफल भएअनुसार अहिले केन्द्रको बैठकमा सचिवका लागि कसलाई अवसर दिने भन्ने विषयमा छलफल भईरहेको छ ।

सोहि पदका लागि हाल ७ जनाले आकाँक्षा व्यक्त गरेका छन् । कमान सिं पाख्रीन पृथक, भीम पाख्रीन ,बलराम बल, प्रकाश पाण्डे ,विष्णु विष्ट, आशा नेपाली र प्रमिला पुलामी मध्येबाट एक जना सचिवको लागि चयन हुने छन् ।

त्यसोत बैठकमा सबै आकाँक्षीहरुले आफ्नो आफ्नो तर्क दिईरहेका छन् । योगदान र  द्धन्दकालको विषयले बैठकमा उच्च स्थान पाईरहेको छ । आफु पद पाए सक्षम रहेको दाबी समेत केहि नेताहरुले गरिहेका छन् । कसको नाम टुग्याउने भन्ने विषयमा छलफल भईरहेको छ । आजै एक जनाको नाम फाईनल गरिने माओवादी केन्द्रको जानकारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*