गीत सुनाउँदै मेयर फकाएका हेटौँडाका व्यवसायीले ताला चाबी जिम्मा लाउने
हेटौँडा, २६ साउन । बजारको मुख्य क्षेत्रमा उपमहानगरले बिना विकल्प पार्किङ निषेध गरेको विरोधमा आन्दोलनरत हेटौँडा बजारका व्यवसायीले उपमहानगरलाई पसलको चाबी बुझाउने भएका छन् ।
नो पार्किङको विरुद्धमा व्यवसायीहरुको आन्दोलनको अगुवाई गरिरहेको मकवानपुर व्यवसायी संघले सोमबारसम्म तय गरेको आन्दोलनको कार्यक्रम अनुसार सोमबार हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ताला चाबी लगेर जिम्मा लाउने कार्यक्रम तय भएको हो । आजको साझाकुरा दैनिकमा समाचार छ ।
३ दिनसम्म बजार बन्द गरेर दबाब दिंदा पनि मेयरले नो पार्किङ हटाउन पहल नगरेपछि बाध्य भएर व्यवसायीको पसलको चाबी संकलन गरेर बुझाउने निर्णय गरेको बताइएको छ । आइतबार चाबी संकलन गर्ने र सोमबार मेयरलाई बुझाउने तय भएको छ । राज्यसँग लड्न नसक्ने भएकाले चाबी नै बुझाउन लागिएको व्यवसायीहरुले बताएका छन् ।
