मोटरसाईकल पल्टिएर नालिमा पुग्दा ३४ बर्षिय कार्कीको मृत्यु
ललितपुर २५ साउन । ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित सडकमा बा ७७ प ५२० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई सडक छेउको नालीमा पल्टेर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
दुर्घटनामा परी मोटरसाईकलका चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुदिप कार्की गम्भीर घाइते भएकोले उपचारको लागि बिएण्डबि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालय नम्सालले जानकारी दिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको जानकारी छ ।
