नेकपाको मकवानपुरको नेतृत्वको विषयमा एमाले मकवानपुरको बैठक आज बस्दै

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार ०९:५३
File Photo

मकवानपुर २४ साउन । तत्कालीन नेकपा एमाले र माओवादी केन्दबिच एकताभएपछि बनेको नेकपा मकवानपुरको नेतृत्व कसले गर्ने भन्ने चासो मकवानपुरमा छ । सोहि विषयमा आज तत्कालीन नेकपा एमालेको सचिवालय बैठक समेत बसेर नेतृत्व चयनका विषयमा छलफल हुने एमाले स्रोतले जानकारी दिएको छ । एमालेबाट कस्ले नेतृत्व गर्ने र अन्य पदमा कस्लाई पठाउने भन्नेबारे बैठकमा छलफल गरिने स्रोतको जानकारी छ ।

जिल्लामा इन्चार्ज, सहन्चार्ज, अध्यक्ष र सचिव सहितको कमिटि बन्नेछ । त्यसमा मकवानपुरमा एमालेबाट कस्ले नेतृत्व गर्छ, सबैको चासोको विषय बनेको छ ।
नेकपाको नेतृत्वको लागि एमालेका तात्कालिन नेताहरु श्रीधर पोखरेल, बद्री लम्साल, एकालाल श्रेष्ठ तथा प्रदेशसभा सांसद समेत रहेकी जिल्ला अध्यक्ष मुनु सिग्देल आन्तरिक लविङमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*