हेटौँडामा बिहानै ट्रकले मानिसलाई ठक्कर दियो
हेटौँडा, २४ साउन । मकवानपुरको हेटौंडामा बिहिबार बिहान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रु गभ्मीर घाइते भएका छन् । हेटौंडाको राप्तीपुलमा हिँडिरहेका राप्तीरोड बस्ने ५२ वर्षीय सुरजकुमार श्रेष्ठलाई ग १ ख ४२२९ नंबरको ट्रकले ठक्कर दिएको हो । उनको स्थायी घर काभ्रे जिल्ला रहेको प्रहरीले जनाएको छ ।
पूर्व तर्फ आइरहेको ट्रकले श्रेष्ठलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका हुन् । घाईते भएका उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
