पाँच वर्ष यताका इन्काउन्टर : समिति बन्छ प्रतिवेदन आउँदैन
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गैरन्यायिक हत्याको आशंकामा दिनेश अधिकारी चरी इन्काउन्टरको विषयमा अध्ययन थालेको पाँच वर्ष हुँदा पनि प्रतिवेदन तयार पार्न सकेको छैन ।
सरकारी संयन्त्रबाट तथ्यगत जानकारी प्राप्त नभएको र चरीलाई कति टाढाबाट गोली लागेको हो भन्ने जाँच्ने विशेषज्ञ अभाव भएकाले प्रतिवेदन तयार पार्न नसकेको दावी आयोगको छ । आजको नागरिक दैनिक मा समाचार छ ।
चरी मारिएको एक वर्षपछि कुमार घैटे पनि प्रहरी इन्काउन्टरमा मारिएका थिए । सो घटनाको विरुद्ध पनि आयोगमा उजुरी दर्ता भएको थियो । मानवअधिकार आयोगले अध्ययन गर्ने बताए पनि त्यस घटनाका बारेमा पनि अहिलेसम्म कुनै अध्ययन प्रतिवेदन सार्वजनिक भएको छैन ।
