जमिन भासिएपछि ३२ घर उच्च जोखिममा
लमजुङ २३ साउन । दोर्दीमा जमीन भासिएपछि खिमचोक गाउँका ३२ घर उच्च जोखिममा परेका छन् ।
निरन्तर वर्षात्का कारण एक साताअघि दोर्दी –८ खिञ्चोकस्थित खिञ्चोक–जल्गेनी सडक भासिएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । जिल्लाबाट प्राविधिकको टोलि स्थलगत अवलोकनका लागि गाउँ पुगेको थियो । प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा तत्कालका लागि ती घर स्थानान्तरण गर्नुपर्ने हुन्छ ।
प्राविधिकको प्रतिवेदनका आधारमा मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा रहेको बस्तीलाई तत्कालका लागि गाउँ नजीकै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
