‘ब्ल्याक’ युनिट चलचित्र प्रचार प्रसारका लागि हेटौँडामा

तु खबर संवाददाता
२०७५ श्रावण २३, बुधबार १५:३५

हेटौँडा, २३ साउन । नेपाली कथानक चलचित्र ‘ब्ल्याक’ युनिट चलचित्र प्रचार प्रसारका क्रममा आज हेटौँडामा आईपुगेका छन् । आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै नायिका आँचल शर्माले नेपाली कथानक चलचित्र ‘ब्ल्याक’ ले मानिसको जीवनको अँध्यारा पाटाहरु र प्रेमले ती अँध्यारा पाटालाई किनारा लगाउने कथा बोकेको बताएकी छिन् । उनले चलचित्र हेरिदिन समेत सबैलाई आग्रह गरिन् । चलचित्रमा आफुसहित सबै यूनिटले निकै मेहनत गरेको आँचलले बताईन् ।

कार्यक्रममा बोल्दै नायक आकाश श्रेष्ठले चलचित्र राम्रो बनेको र आँचलसँग अभिनय गर्न आफुलाई सहज लागेको बताए । कार्यक्रममा चलचित्रका निर्देशक प्रदिप श्रेष्ठ, निर्माता आश्मा पाण्डे, निर्माता चेतनकुमार पाण्डे लगायतले चलचित्रका बारेमा जानकारी दिएका थिए । साथै चलचित्र युनिटले बुधबार हेटौँडामा ओम्याक्स हलमा भएको भिषण आगलागी प्रति दुःख प्रकट गर्दै हलका संचालक तथा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनलाई धैर्यधारण गर्न शक्ति मिलोस् भन्ने कामना गरेका थिए ।

आउँदो भदौ १ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र करिब साढे दुई करोडको लगानीमा बनेको बताइएको छ । चलचित्रमा आकाश र आँचलसहित सुन्दर श्रेष्ठ, आयुष रिजाल, शुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा प्रदिप श्रेष्ठको निर्देशन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*