लागूऔषध सहित एक युवक पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २३, बुधबार १४:३१
File Photo

लहान, २३ साउन । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता प्रति पत्तामा ३० ट्याब्लेट, स्पामो प्रोक्सिफोन आर प्लस ६ पत्ता प्रतिपत्तामा २४ क्याप्सुल र अर्को काटेको स्पामो प्रोक्सिन आर प्लस १६ क्याप्सुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*