ओम्याक्स हल आगलागी अपडेट– अगाडिबाट नसकेपछि पछाडिबाट आगलागी नियन्त्रणको प्रयास

तु खबर संवाददाता
२०७५ श्रावण २३, बुधबार ११:१०
तस्बिर–दिलबहादुर लामा

हेटौँडा, २३ साउन । मकवानपुरको हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा भएको आगलागी हलको अगाडिको भागबाट नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट आगलागीको प्रयास थालिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आईपुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको घटनास्थलमा पुगेका पत्रकार दिलबहादुर लामाले जानकारी दिएका छन् ।

आगलागी नियन्त्रण गर्न आइपुगेको हेटौँडा उपमहानगरपालिकाको दमकलको पानी सकिएपछि पुन पानी लिन गएको अवस्था अहिले छ । हलको भित्रबाट सुरु भएको आलागी अहिले झनै बाहिर सम्मै आईपुगेको छ । आगलागीको वास्तविक कारण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाईरिङ गरिएको अवस्थामा आगलागी भएको हो ।

करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको मकवानपुर प्रहरीले पनि जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*