अपडेट–ओम्याक्स हलको आगो निभाउन बारा जिल्लाबाट पनि आइपुग्यो दमकल, हेटौँडाको दमकलले आगलागी नियन्त्रण गर्न सकेन

तु खबर संवाददाता
२०७५ श्रावण २३, बुधबार ११:०२

हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा एक्कासी आगलागी भएपछि हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आईपुगेको पत्रकार दिलबहादुर लामाले जानकारी दिएका छन् ।

आगलागी नियन्त्रण गर्न आइपुगेको हेटौँडा उपमहानगरपालिकाको दमकलको पानी सकिएपछि पुन पानी लिन गएको अवस्था अहिले छ । हलको भित्रबाट सुरु भएको आलागी अहिले झनै बाहिर सम्मै आईपुगेको छ । आगलागीको वास्तविक कारण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाईरिङ गरिएको अवस्थामा आगलागी भएको हो ।

करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको मकवानपुर प्रहरीले पनि जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*