अपडेटः कसरी भयो हेटौँडाको ओम्याक्स हलमा आगलागी ?
हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको प्रहरीले जनाएको छ ।
अहिले आगलागी नियन्त्रणका लागि दमकल घटना स्थलमा पुगेको छ । स्थानीयहरु समेत आगलागी नियन्त्रणका लागि सक्रिय भए पनि हलमा लागेको आगो पूर्ण रुपले नियन्त्रणमा आएको छैन ।
