लहानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

तु खबर संवाददाता
२०७५ श्रावण २२, मंगलवार १५:४८
file photo

लहान २२ साउन । सिरहाको नरहा गाउँपालिका– ५ स्थित बलुवा चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको आज उपचारको क्रममा मृत्यु भएको छ ।

स ६ प ९०८४ नं को मोटरसाइकलको ठक्करबाट गम्भीर स्थानीयवासी ८० वर्षीया देवकीदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते यादवलाई स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि गएराति नै थप उपचारका लागि धरान पठाइएकोमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका– १ स्थित महुली खोलामा बाढीले बगाएर ल्याएको एक महिलाको शव फेला परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*