मकवानपुरका पत्रकारहरुलाई संसदीय रिपोर्ट सिकाइँदै

तु खबर संवाददाता
२०७५ श्रावण २२, मंगलवार १४:२२

हेटौँडा, २२ साउन । संसदमा हुने विभिन्न छलफल तथा पारित हुने गरेका ऐन तथा प्रक्रियाहरुका बारेमा सत्यतथ्य समाचार प्रस्तुत गर्ने उदेश्यले मकवानपुका पत्रकारहरुलाई संसदीय पत्रकारिता तालिम दिइएको छ । संसदीय मामिला पत्रकार समाजको आयोजनामा आज संसदीय पत्रकारिता तालिम दिइएको हो ।

तालिममा संसद सम्बन्धी समाचार कसररी लेख्ने भन्ने अभ्यास गराइएको छ । तालिमको उद्घाटन गर्दै प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले संचारमाध्यम जिम्मेवार ढंगले अघि बढ्न सके समाज रुपान्तरण सम्भव रहेको बताए । उनले नकारात्मक भन्दा पनि सकारात्मक विषयमा कलम चलाउन संचारकर्मीहरुलाई सुझाव समेत दिएका छन् ।

उनले संचारमाध्यमले सकारात्मक विषयको उठान गरी संसदलाई समेत हौसला प्रदान गर्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*