हेटौडामा एक हप्ते ‘फिल्म मेकिङ्ग वर्कशप’ सञ्चालन हुने
मकवानपुर २१ साउन । हेटौडामा एक हप्ते ‘फिल्म मेकिङ्ग वर्कशप’ सञ्चालन हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमीले न्यु मिडिया एकेडेमी प्रा ली हेटौडाको सहकार्यमा हेटौडामा वर्कसप आयोजना गर्न लागेको हो ।
कान्तिपुर फिल्म एकेडेमीले देशभरका बिभिन्न शहरहरुमा वर्कशप सुरु गरेको छ । यसै क्रम्मा आगामी भाद्र १० गतेदेखी १५ गते सम्म हेटौडामा वर्कसप आयोजना हुने छ । वर्कसपलाई स्थानिय आयोजकका रुपमा न्यु मिडिया एकेडेमी प्रालीले सहकार्य गर्ने भएको एकेडेमीका अध्यक्ष मणिराज गौतमले बताए ।
वर्कशपमा सहभागीहुन आउने बिधार्थीहरुले शुल्क तिर्नुपर्नेछ । वर्कसपमा फिल्म निर्माण सम्बन्धि प्रशिक्षण,स्टोरी राईटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उदेश्य रहेको छ । वर्कसप विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म थेउरिटिकल र प्राक्टिकल तरीकाबाट सञ्चालन हुने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।
उनले हेटौडा चलचित्रको हब रहेको बताउदै यहाँका बिधार्थीहरुले फिल्म सम्बिन्धी अध्यान गर्न काठमाण्डौ सम्म धाईरहनु पर्ने बाध्यतालाई मध्येनजर गर्दै हेटौडामानै वर्कसप संचालन गर्न लागीएको बताउनु भयो ।
पुरीका अनुसार फिल्म निर्माण सम्बन्धि चासो भएका जो कोहि वर्कशपमा सहभागी हुन पाउनेछन् । नेपाली चलचित्रको शिक्षा महत्व दर्शाउने र लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्न वर्कसप आयोजना गरीन लागेको स्थानीय आयोजक न्यु मिडिया एकेडेमी प्रालीका अध्यक्ष मणिराज गौतमले बताए ।
गौतमले हेटौडामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागेको समेत बताए । यसले नयाँ प्रतिभाहरुको सम्मान र फिल्म सम्बिन्धी अध्यान गर्न चाहानेको उदेश्य समेत पुरा हुने गौतमले बताए ।
