पोखरा बाग्लुङ सडक खण्डमा बस खस्दा १६ जना घाईते

तु खबर संवाददाता
२०७५ श्रावण २१, सोमबार १३:३५
file-photo

पर्वत २१ साउन । मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएको छ । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ भने अन्य घाइतेको स्थानीय जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*