ढलको पानी बस्तीमा पसेपछि बस्ती दुर्गन्धित

तु खबर संवाददाता
२०७५ श्रावण २१, सोमबार १३:२७

सल्लेरी  २१ साउन । बजारको ढल पसेपछि सोलु दूधकुण्ड नगरपालिका– ४ फाप्लुको दलित बस्ती दुर्गन्धित भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फाप्लु बजारको घर÷घरबाट निस्केको ढल खोल्सामा मिसाउँदा बजारभन्दा तल रहेको दलित बस्तीमा पस्दा दुर्गन्धित भएको हो । ढल व्यवस्थापनका लागि स्थानीयवासीले पटक पटक माग गर्दैआएका छन् । मागबारे सुनुवाइ भएको छैन । दुर्गन्धका कारण स्थानीयवासी बिरामी पर्ने गरेका उनले बताए ।

सो बस्तीमा १६ दलित परिवारको बसोवास छ । बस्तीभन्दा माथि फाप्लु बजार रहेको छ । वडाध्यक्ष दावागेलु पाख्रिनको घर पनि सोही बजारमा रहेको छ । घाम लागेका बेला दुर्गन्ध बढी फैलिने गरेको छ । खानेपानीको मुहान नजिकै ढल बग्छ । त्यही मुहानको पानी स्थानीयवासी प्रयोग गर्न बाध्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*