अपडेट–हेटौँडामा टिप्परको ठक्करबाट युवकको ज्यान गएपछि कान्तिलोपथ बन्द
हेटौँडा, २१ साउन । कान्ति लोकपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा आइतबार टिप्परको ठक्करबाट एक युवकको ज्यान गएपछि सुरु भएको विवादले चर्को रुप लिउको छ । स्थानीयले कान्तिलोक पथ बन्द गर्दै स्थानीयले सवारी सञ्चालनमा रोक लगाएका हुन् ।
पीडित परिवारलाई उचित राहत, घाइतेको उपचार, टिपर चालकलाई कारबाहीलगायतको माग गर्दै उनीहरुले आइतबार १२ बजेदेखि सडक अवरुद्ध गरेको स्थानीयले बताएका छन् । सडक अवरुद्ध भएपछि सोमबार बिहानबाट जिल्ला प्रहरी कायौलय मकवानपुरमा वार्ता भइरहे पनि सहमति हुन सकेको छैन ।
हेटौँडाबाट गैरीगाउँतर्फ गइरहेको ना ७ ख ७२२३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २६ बर्षीय टंक न्यौपानेको मृत्यु भएको थियो । मोटरसाइकलपछाडि सवार सरिता न्यौपाने घाइते भएकी छिन् । न्यौपानेको हेटौँडामा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
